पहाडी भू–भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गर्दा देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ।
देशका पहाडी भू–भागका एकरदुई स्थानमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा/हुरीको समेत सम्भावना रहेको छ ।























