पूर्व राजा ज्ञानेन्द्र शाहको तस्विर भएका नोटमाथी प्रतिबन्ध
आर्थिक सञ्जाल
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको फोटो भएका नोटहरु माथी प्रतिबन्ध लागेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई सर्कुलर पठाउँदै पूर्व राजा शाहको तस्विर रहेका नोटहरु नचलाउन भनेको हो ।
राष्ट्र बैंकले त्यस्ता नोटहरु संकलन गरेर नेपाल राष्ट्र बैंकमा उपलब्ध गराउन पनि भनेको छ । त्यसरी पुराना नोटहरु फिर्ता गरेपछि राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउनेछ । राष्ट्र बैंकले पुराना नोट विस्थापित गरि नयाँ र सफा नोट प्रचलनमा ल्याउनका लागि नयाँ सर्कुलर जारी गरेको हो ।
सर्कुलर अनुसार गलेका, च्यातिएका, मक्किएका, झुत्रे नोट, भिजेका, छपाई बिग्रेका नोटहरु पनि प्रयोग नगर्न भनेको छ । राष्ट्र बैंकले एटिएमहरुमा नयाँ रकम राख्नु अघि अनिवार्य रुपमा ‘डिस इन्फेक्ट’ गर्न पनि निर्देशन दिएको छ ।


























