citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

सोह्रखुट्टेका सङ्क्रमित दुई महिनाअघि अष्ट्रेलियाबाट आएका थिए

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल

काठमाडौँ  । काठमाडौँ महानगरपालिका वडा नम्वर–१६ को कालधारा ठमेलक्षेत्र सिल गरिएको छ । कालधारा अगाडि बस्ने ६९ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण देखा परेपछि सिल गरिएको हो । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक राजकुमार भट्टले ठमेलबाट खुशिबु टाउनप्लानिङ निस्कने कालधारा मार्ग सिल गरिएको बताउनुभयो । सङ्क्रमित व्यक्ति दुई महिनाअघि अष्ट्रेलियाबाट आएका थिए ।
उहाँको श्रीमतीमा भने सङ्क्रमण देखिएको छैन । वडा जनप्रतिनिधिको आग्रहपछि स्वास्थ्य परीक्षण गर्न टेकु पुगेका श्रीमान र श्रीमतीमध्ये ती पुरुषमा आइतबार कोरोना भाइरस सङ्क्रमण पोजिटिभ देखिएको हो ।
प्रहरी निरीक्षक भट्टले भन्नुभयो, ‘ती व्यक्ति चैतको पहिलो हप्ता अष्ट्रेलियाबाट खाडी मुलुक हुँदै नेपाल आएका रहेछन् । तर, कोरोना भाइरसको सङ्क्रमण भने यति बेला देखिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको ‘ट्रेसिङ’ गर्ने कार्य भइरहेको छ ।
सङ्क्रमित व्यक्तिले पनि आफू नजिकैको तरकारी पसल र टोलको डेरीबाहेक अन्त कतै नगएको बताउनुभएको जानकारी वडा कार्यालयका प्रतिनिधिले दिएका हुन् । उहाँमा कोरोनाको लक्षणसमेत नभएको बताइएको छ ।
कालधाराको पूर्वाेत्तरमा ठमेल र दक्षिणतिर खुशिबु टाउनप्लानिङबाट आउने सडकमार्ग बन्द गरिएको छ । सङ्क्रमित व्यक्ति बस्दैआएको घर र छिमेकीहरूका घर, किराना पसल र सडकमा ओहोरदोहोर गर्न निषेध गरिएको छ । आजको गोरखापत्र दैनिकबाट

gold
himalayan life insurance long ad
kumari bank