stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुभारम्भ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं  । बलाधिकृत रथी शरद कुमार गिरीले नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन भएको सि.सं.७ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको आज जेष्ठ ११ गते एक विशेष समारोहका बीच शुभारम्भ गर्नुभएको छ ।

महा सेनानी दर्जाका २५ जना शिक्षार्थीहरुको सहभागिता रहेको उक्त तालिमको शुभारम्भमा  सम्बोधन गर्नुहुँदै बलाधिकृत रथी गिरीले यस किसिमका तालिमले तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुको पेशागत ज्ञान बढ्न गई समग्र संस्थाको क्षमता अभिवृद्धिमा थप टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नु हुदै हालको जटिल अपरेशनल वातावरणमा समय सापेक्ष निर्णय लिनसक्ने भावि नेतृत्व उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियो । साथै सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जन कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो ।

नेपाली सेनामा पहिलो पटक संचालन गरिएको सि.सं. 1 अल आर्मस कमाण्ड तथा स्टाफ कोर्ष (AACSC) तालिमको सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जन कुमार श्रेष्ठले प्रथम प्रवचन गर्नु भएको छ ।

५० जना शिक्षार्थी अधिकृतहरु समावेश गराई सञ्चालन भएको उक्त तालिममा आर्मी कमाण्ड तथा स्टाफ तालिमको प्रवेश परिक्षामा उतिर्ण भई मर्यादाक्रममा नपरेका अधिकृतहरु सहभागी गराई संचालन गर्न लागिएको हो ।

नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन गर्न लागिएको उक्त तालिमहरु कोभिड-१९ को सम्भावित संक्रमणलाई मध्यनजर गरी डाक्टर अधिकृतबाट स्वास्थ्य परिक्षण गरी रोग नलागेको एकिन गरेपश्चात मात्र शिक्षार्थी अधिकृतहरुलाई पूर्ण रुपमा क्वारेन्टाईनमा राखी सामाजिक दुरी कायम गरी संचालन गर्न लागिएको  हो ।

prabhu mahalaxmi
kumari