stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लक डाउन अवधिभर रेमिटेन्स विदेशी मुद्रामै प्राप्त गर्न राष्ट्र बैंकको निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल
काठमाडौं । केन्द्रीय बैंकले विप्रेषण भइ आएका सम्पूर्ण रकम तथा कमिसन विदेशी मुद्रामा प्राप्त गर्नुपर्ने व्यवस्था गरेको छ । कोरोनाको विद्यमान अवस्था कायम रहे सम्मको अवधिका लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै विश्वका विभिन्न देशमा रहेका नेपाली कामदार कार्यरत कम्पनी तथा त्यस देशमा रहेका बैंक वित्तीय संस्थासँगको सहकार्यमा कामदार कार्यरत कम्पनीले सम्बन्धित बैंकमा खाता खोली पारिश्रमिक जम्मा गर्नुपर्नेछ ।

उक्त खातामा रहेको रकम मध्येबाट कम्पनी वा प्रतिनिधिको अनुरोधमा कामदारले तोकेको हिताधिकारीको नाममा भुक्तानी हुने गरी विदेशी मुद्रा विप्रेषण गरी नेपाल पठाउनु पर्नेछ ।

त्यस्तो रकम नेपालमा प्राप्त गरिसकेपछि सम्बन्धित विप्रेषण प्रदायकले नेपालस्थित हिताधिकारीलाई विद्यमान व्यवस्था अनुरुप भुक्तानी गर्न सक्ने गरी व्यवस्था मिलाइएको केन्द्रीय बैंकले जनाएको छ ।
विदेशबाट रकम पठाउने बैंकले नेपालमा रहेको हिताधिकारीको सम्पूर्ण विवरण विद्यमान व्यवस्था अनुरुप उपलब्ध गराउनु पर्नेछ । । साथै, प्रतिदिन प्रतिपटक प्रतिव्यक्ति अधिकतम १५०० डलरसम्मको कारोबार गर्न पाइने केन्द्रीय बैंकले जनाएको छ ।
prabhu mahalaxmi
kumari