citizens life insurance long ad
stcnepal long ad

हिमालयन बैंक लिमिटेडको काभ्रेको साँगामा हिमालयन अपांगमैत्री एटीएम संचालन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काभ्रे जिल्लाको साँगा स्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटीएम संचालनमा ल्याएको छ ।

पुनर्स्थापना केन्द्रको २१औं वार्षिक उत्सवको उपलक्ष्यमा शुक्रबार आयोजित एक समारोहबीच बनेपा नगरपालिकाकी मेयर शान्तिरत्न शाक्य, बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र पुनर्स्थापना केन्द्रकी अध्यक्ष डा. शान्ता दिक्षितले एटीटएमको उद्घाटन गरेका हुन् । समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरालगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो ।

‘सबैको लागि बैंक, सबैका लागि बैंकिङ्ग सुबिधा’ भन्ने उद्देश्यले पुनर्स्थापना केन्द्रमा एटीएम सुबिधा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

हाल बैंकले देशभरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएमबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।

IME Life
kumari