citizens life insurance long ad
stcnepal long ad

जापानी हेलीकोप्टर समुद्रमा दुर्घटना

Nimb long ad
Prabhu Insurance Long Ad

जापानमा १० जना यात्रुसहित बेपत्ता भएको सेनाको हेलिकप्टर ओकिनावा प्रान्तको समुन्द्रमा दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ ।

खोजी तथा उद्धार कार्यका क्रममा हेलिकप्टरका पार्टपुर्जा हुन सक्ने केही वस्तु तैरिरहेको अवस्थामा भेटिएको जापानी अधिकारीको भनाई छ ।

‘ब्ल्याक हक’ भनेर चिनिने ‘यु।एच– सिक्स्टी’ हेलिकप्टर बिहीबार मियाको टापु नजिकै सम्पर्कबिहिन भएको थियो ।

जापानको ग्राउन्ड सेल्फ डिफेन्स फोर्सको उक्त हेलिकप्टरले समुद्रमाथि सर्वेक्षण गरिरहेको अवस्थामा सम्पर्कबिहिन भएको हो ।

क्योडो न्यूजका अनुसार जापानको कोस्ट गार्डले हेलीकप्टरका केही भग्नावशेष तथा समुद्रमा तैरिरहेको केही तेल देखेका छन् । हेलीकप्टरका यात्रुहरुको अवस्थाबारे केही जनाईएको छैन ।

IME Life
kumari