stcnepal long ad
global ime bank long

सानिमा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरी मनायो ग्लोबल मनी वीक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकले २०७९ चैत्र ६ देखि चैत्र १२ गतेसम्म ग्लोबल मनी वीक अभियान अन्तर्गत देशै भरिका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो ।

उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो ।

वित्तीय साक्षरता अन्तर्गत देश भरिका शाखाहरु मार्फत छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ्ग साक्षरता सम्बन्धि कार्यक्रमहरु संचालन गरेको जनाएको छ ।

साथै, ग्लोबल मनी वीक को “प्लान योर मनी प्लान्ट योर फिउचर सम्बन्धित विषयवस्तुमा केन्द्रित भई बैंकद्वारा युवा वर्गहरुमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ ए।टि।एम सञ्जालहरु संचालनमा छन् ।

IME Lifesidebar
kumari