citizens life insurance long ad
stcnepal long ad

कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने समय लम्बियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने समय लम्बिएको छ । अब यसमा चैत २३ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि यो फन्डमा पहिलो चरणमा चैत १३ गतेसम्म आवेदन दिन सकिने भनिएको थियो ।

तर, सो समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय लम्बिएको हो । यता, कुमारी क्यापिटलले थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने पनि जनाएको छ । कुमारी क्यापिटलले चैत ९ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो ।

क्यापिटलले उक्त योजनाको कुल १० करोड इकाई निष्कासन गरेको हो । पहिलो चरणमा ५ करोड इकाई निष्कासन भएको हो । जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ भने ३ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बाँकी रहेको ५ करोड इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने कुमारी क्यापिटलले जानकारी गराएको छ ।

प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।

IME Life
kumari