stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राज कुमार चापागाईं जागिर लगाई दिने प्रलोभनमा पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ८ गते बिहीबार

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न पदमा जागिर लगाई दिन्छु भनी ठगी गरेको अभियोगमा तारकेश्वर नगरपालिका-३ बालाजु ठेगाना भएका ४५ वर्षीय राज कुमार चापागाईंलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

चापागाईंले विभिन्न व्यक्तिहरुलाई स्वास्थ्य मन्त्रालयको विभिन्न पदमा जागिर लगाई दिन्छु भनी प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुबाट खरिदार पदको नक्कली परिचय पत्र समेत बनाई झुकाएर पटक–पटक गरी १ लाख ८५ हजार रुपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले एक व्यक्तिसँग १ लाख २० हजार रुपैयाँ लिदै गरेको अवस्थामा फेला पारी काठमाडौं पेप्सीकोलाबाट उनलाई पक्राउ गरेको हो ।

चापागाईंले विभिन्न समयमा आफुलाई विभिन्न उच्चपदस्थ अधिकारीहरुको पिए भनी कारागार तथा जिल्ला प्रशासन कार्यालयहरुमा फोन गरी  कैदीहरुलाई रिहा गर्न आदेश दिएको, आफुलाई प्रहरीको उच्च अधिकृत हुँ भनी विभिन्न व्यक्तिहरुलाई धम्क्याउने गरेको, खोटाङ ऐसेलुखर्क बाकाचौल घर भएकी एक महिलालाई जागिर लगाई दिन्छु भनी पटकपटक गरी २ लाख रुपैयाँ लिएको, आर्मी स्कुलमा बच्चा भर्ना गराई दिन्छु भनी प्रलोभन देखाउने, विभिन्न व्यक्तिहरुसँग सवारी चालक अनुमती पत्र बनाई दिन्छु भनी रकम ठग्ने र २०७२ असार २४ गते दुई जना व्यक्तिबाट ४ लाख रुपैयाँ ठगी गरेको कसूरमा नख्खु कारागारमा ४ बर्ष कैद भुक्तान समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

साथै उनको साथबाट राम बहादुर थापा नामको सशस्त्र प्रहरी नायव उपरीक्षकको नक्कली परिचय पत्र १ थान, खरिदार पदको नक्कली परिचय पत्र २ थान, बा. ९० प ९५५५ नम्बरको स्कुटर, मोबाइल १ थान, सिमकार्ड ३ थान, विभिन्न व्यक्तिहरुको पासपोर्ट साईजको फोटो १० थान र नगद १ लाख २० हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

चापागाईंलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

prabhu mahalaxmi
kumari