stcnepal long ad
global ime bank long

पुटिनलाई भेट्न जिनपिङ आज मस्को जाने, चिनियाँ राष्ट्रपतिले युद्ध रोक्न प्रयास गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने भ्रमणका लागि आज मस्को पुग्नेछन् । यहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् । रुस–युक्रेन युद्ध सुरु भएयता जिनपिङ पहिलो पटक मस्को जाँदैछन् । धेरै मतभेद भए पनि दुई नेताबीचको निकटता गहिरो छ ।

युद्ध सुरु भएपछि चीन रुसको साथमा उभिएको देखियो । अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएपछि चीनले अमेरिकाको यो कदमको विरोध गर्दै यसलाई आगोमा इन्धन थप्ने कदम भनेको थियो । यसबाहेक रुसले जस्तै चीनले पनि उत्तर एट्लान्टिक सन्धि ९नेटो० विस्तारमा आपत्ति जनाएको छ ।

अब प्रश्न उठ्छ कि जिनपिङ मस्को जानुको उद्देश्य के हो रु के उनी युद्ध अन्त्य गर्न चाहन्छन्रु जवाफ हो( जिनपिङ विश्व नेता बन्न खोजिरहेका छन्।

उनको प्रयास यो छ कि युद्ध समाप्त नभए पनि कम्तिमा पुटिन र जेलेन्स्कीलाई युद्धविराम गर्न मनाउन सकियोस् । यसपछि कूटनीतिक च्यानलहरू खुल्नेछन् र चीनलाई विश्व नेता भनिन थाल्नेछ।

रुसी अधिकारीका अनुसार दुई नेताले रुस र चीनबीचको बृहत् र रणनीतिक साझेदारी विस्तार गर्ने विषयमा छलफल गर्नेछन् । अन्तर्राष्ट्रिय क्षेत्रमा रुस–चिनियाँ सहयोगलाई अझ प्रगाढ बनाउने विषयमा पनि वार्ता हुनेछ ।

यसबाहेक जिनपिङ र पुटिनले महत्वपूर्ण द्विपक्षीय दस्तावेजमा हस्ताक्षर गर्नेछन् । यस कागजातसँग सम्बन्धित कुनै जानकारी दिइएको छैन।

३० डिसेम्बर २०२२ मा, सी जिनपिङ र भ्लादिमिर पुटिनबीच ८ मिनेटको भिडियो कल भएको थियो। यस क्रममा पुटिनले दुई देशबीच सैन्य सहयोग बढाउन आग्रह गरेका थिए ।

यसबारे सी जिनपिङले विश्वमा जारी कठिन परिस्थितिमा रुसलाई रणनीतिक सहयोग गर्न चीन तयार रहेको बताएका थिए ।

युक्रेनमा युद्ध सुरु भएपछि दुवै देशले ‘नो लिमिट’ रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए । युरोपेली देशको प्रतिबन्धपछि चीनले रुसी तेल र ग्यासको खरिद बढाएको छ ।

बदलामा रुसले पनि ताइवानको मुद्दामा चीनलाई साथ दिइरहेको छ । चीनले सधैं ताइवानलाई आफ्नो अंश भएको दाबी गर्दै आएको छ। योसँगै पुटिनले ताइवानलाई चीनको अभिन्न अंगका रुपमा पनि लिएका छन् ।

४ फेब्रुअरी, २०२२ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन शीतकालीन ओलम्पिकको उद्घाटन समारोहको लागि बेइजिङ पुगे। यहाँ उनले रुसले ‘एक चीन नीति’ लाई समर्थन गरेको बताए । दुवै देशले एकअर्काको हित रक्षाका लागि सहयोग गर्ने कुरा पनि गरेका थिए ।

यसमा आफ्नो सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र घरेलु मामिलामा कुनै पनि अन्य देशको हस्तक्षेप स्वीकार नगर्ने समावेश छ।

IME Lifesidebar
kumari