stcnepal long ad
global ime bank long

हालान्डको ह्याट्रिकमा सिटी एफए कपको सेमिफाइनलमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अर्लिङ हालान्डले पाँच दिनभित्र दोस्रो ह्याट्रिक पूरा गरेको खेलमा म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनल प्रवेश गरेको छ।

सिटीले च्याम्पियनसिप क्लब बर्नलेमाथि ६–० को सानदार जित निकाल्दा हालान्डले ह्याट्रिक तथा जुलियन अल्भारेजले दुई तथा कोल पाल्मेरले एक गोल गरेका थिए। हालान्डले ह्याट्रिक गरेसँगै सिजनमा उनको गोल संख्या ४२ पुगेको छ।

इतिहाद स्टेडियममा शनिबार राति भएको एकपक्षीय खेलमा सिटीले पहिलो हाफमा २–० को अग्रता बनाउँदा दोस्रो थप ४ गोल गरेको थियो। ३२ औँ मिनेटमा हालान्डको गोलबाट सिटीले खेलमा १(० को अग्रता लिन सफल भयो। उनले अल्भारेजको पासमा गोल गर्न सफल भए।

३५ औँ मिनेटमा हालान्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि सिटीले पहिलो हाफमा २–० को अग्रता बनायो।

५९ औँ मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे। उनले केही दिनअघि मात्रै च्याम्पियन्स लिगको प्रि(क्वाटर फाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० को जित निकाल्दा ५ गोल गरेका थिए।

त्यस्तै, ६२ औँ मिनेटमा केभिन डी ब्रुएनाको पासमा जुलियन अल्भारेजले गोल गरेपछि सिटी खेलमा ४–० ले अघि बढ्यो। ६८ औँ मिनेटमा कोल पाल्मेरले तथा ७३ औँ मिनेटमा अल्भारेजले ब्रुएनाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौँ गोल गर्दा घरेलु मैदानमा सिटीले रवाफिलो जित निकाल्न सफल भयो।

IME Lifesidebar
kumari