stcnepal long ad
ime life insurance
global ime bank long

कांग्रेस ११ नं. वडा कार्यसमितिद्धारा राहत हस्तान्तरण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल २०७७ जेठ ८ गते बिहीबार

धरान। नेपाली कांग्रेसले धरान उपमहानगरपालिका वडा नं. ११ मा राहत हस्तान्तरण गरेको छ । कांग्रेसको ११ नं. वडा कार्यसमितिले संकलन गरेको १२ सय के.जी. चामल वडा कार्यालयलाई हस्तान्तरण गरेको हो । कांग्रेसद्धारा संकलित राहत सामाग्री बुभ्mदै वडा अध्यक्ष बाबुलाल लामाले वडामा हाल राहतको अभाव भईरहेको अवस्थामा जिम्मेवार पार्टीको भूमिका निर्वाह गर्दै दुःख गरेर राहत संकलन गरी वडालाई प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गरेका छन् ।


कांग्रेसका ११ नं. वडा सभापति लोकेन्द्र फागोको अध्यक्षतामा भएको राहत हस्तान्तरण कार्यक्रममा पार्टीका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, राहत वितरण तथा अनुगमन समितिका सदस्य एवम् महासमिति सदस्य तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा, आमन्त्रित क्षेत्रीय सदस्य अरुण कटवाल, नगर सचिव श्याम पोखरेल, सदस्य हरी थापा, पंचकला राई, तरुण दल नगर सदस्य विक्रम तामाङ लगायतको उपस्थिति रहेको थियो ।
धरान उपमहानगरपालिकाको एकद्धार नीतिलाई अवलम्वन गर्दै उपमहानगरपालिकासंग समन्वय गरी वडा कार्यालयलाई राहत हस्तान्तरण गरिएको वडा सभापति फागोले बताए ।
उनले पार्टीका जिल्ला, क्षेत्र, नगर सबै तहका नेताहरु साथै विभिन्न दाता महानुभावहरुको सहयोगमा राहत संकलन गरिएको बताउंदै सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे ।

prabhu mahalaxmi
kumari