stcnepal long ad
ime life insurance
global ime bank long

उपत्यका प्रवेशका सबै नाका सील, काठमाडौं छिर्न आरडीटी रिपोर्ट चाहिने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल २०७७ जेठ ८ गते बिहीबार

काठमाडौँ । गृह मन्त्रालयले लक डाउन अवधिभर अत्यावश्यक काम बाहेक उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तहलाई भनेको छ ।

उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो । गत जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वयन गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप कडाई हुने भएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गते बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख,उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौं उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सील गर्न आग्रह गरिएको छ । लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न भनिएको छ ।
पत्रमा भनिएको छ, ‘काठमाडौं उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफ्नै खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्टका साथ काठमाडौँ उपतयका प्रवेश अनुमतिका लागि माग गर्नुपर्नेछ ।
’ यस्तै, काठमाडौँ उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नु पूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्ने पनि उल्लेख छ ।

Post Your Comment

 

prabhu mahalaxmi
kumari