stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दक्षिण कोरिया थप कामदार लैजान तयार, डिजिटल प्रविधिबाट परीक्षा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ ८ गते बिहीबार
काठमाडौं । जेठमा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । तर परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको बताएको छ । नेपालस्थित इपीएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले मंगलबार रोजगार विभागमा भएको बैठकमा यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार पूर्वनिर्धारित तालिका अनुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ । इपीएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो । कोरियामा ४० हजारभन्दा बढी नेपाली इपीएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् ।

हरेक वर्ष लगभग ७ हजार नेपाली युवाले कोरियामा प्रत्यक्षरूपमा रोजगारी पाउँदै आइरहेका छन् । यस वर्ष पनि ७ हजार दरबन्दी नेपालका लागि छुट्याइएको थियो । लक डाउनका कारण परीक्षा कहिले हुने भन्ने अनिश्चितता भइरहेको थियो । तर यही बेला कोरिया सरकारले यस्तो निर्णय गरेको हो ।
दक्षिण कोरियामा पठनपाठन
कोरोना महामारीपछि बन्द भएका कोरियाका विद्यालय पुनः सञ्चालन भएका छन् । कोरोना भाइरस केही साम्य हुन थालेपछि पहिलो चरणअन्तर्गत माध्यमिक तहका पठनपाठन बुधबारदेखि  सञ्चालन भएका हुन् । पूर्वप्राथमिकदेखि  अन्य तहका विद्यालय भने जुन ८ देखि सञ्चालन गरिने  शिक्षा मन्त्रालयले बताएको छ ।
गत फेब्रुअरीदेखि कोरोना भाइरसले महामारीको रुप लिएपछि सम्पूर्ण तहका विद्यालय बन्द भएका थिए । पुनः सञ्चालनमा आएका हरेक विद्यालयमा शिक्षक तथा विद्यार्थीको स्वास्थ्य निगरानी तथा सेल्फ आइसोलेसन लगायत विषयलाई बढी जोड दिइने बताइएको छ । ती विद्यालयमा शिक्षा मन्त्रालयले ७ चेक प्वाइन्टसमेत उपलब्ध गराएको छ ।
विद्यालय खुलेर पठनपाठन सुरु भए पनि कोरियामा कोरोना भाइरस भने पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन । २ हप्ताअघि सउल नजीकैको इथेवन बजारको एक रात्रि क्लबबाट  संक्रमण पुनः थपिएको छ । बुधबार मात्र ३२ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको ११ हजार ११० पुगेका छन् ।
त्यसैगरी, ९ हजारभन्दा धेरै निको भई घर फर्किसकेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने २६३ जना पुगेका छन् ।  रासस
prabhu mahalaxmi
kumari