stcnepal long ad
ime life insurance
national life
global ime bank long

साउदी अरबले अमेरिकालाई टेरेन, तेल उत्पादन नबढाउने अडान कायमै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

साउदी अरबले अमेरिकाको आग्रह र धम्की दुवैलाई नटेर्ने जनाएको छ । कच्चा तेलको उत्पादन बढाउन अमेरिकाले गरेको आग्रहलाई साउदी अरबले इन्कार गरेको बीबीसी हिन्दीले जनाएको छ ।

साउदी अरबका विदेशमन्त्रीले तेल उत्पादनमा लिइएको निर्णयले ओपेक प्लस देशहरूबीच भएको सहमतिलाई प्रतिबिम्बित गर्ने र यस वर्ष तेल उत्पादन नबढाउने आफ्नो हालको नीति सही रहेको बताएका छन् ।

रुसमाथि प्रतिबन्ध लगाएपछि अमेरिकाले साउदी अरबमाथि तेल उत्पादन बढाउन दबाब दिइरहेको छ । गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि साउदी अरेबियाको भ्रमण गरी मोहम्मद बिन सलमानलाई तेल उत्पादन बढाउन मनाउन आग्रह गरेका थिए।

तर, यसको प्रभाव लामो समयसम्म रहन सकेन र साउदी अरबले तेल उत्पादन बढाएन । युक्रेन युद्ध पछि, बाइडेन प्रशासन र जी सेभेन देशहरूले तेल निर्यातबाट आय कम गर्न रूसी तेलमा मूल्य क्याप लगाएको छ। रुसले ओपेक प्लस देशको उत्पादन नबढाएमा बढी आम्दानी गर्नेछ ।

साउदी अरबले तेलको  उत्पादन  नबढाएर  रुसलाई सहयोग गरिरहेको अमेरिकाको आरोप रहेको छ । तेल उत्पादक राष्ट्रहरूको ओपेक प्लस समूहको नेतृत्वमा रुस पनि छ।

 

IME Lifesidebar
kumari