citizens life insurance long ad
stcnepal long ad

एलन मस्क फेरी विश्वकै धनी व्यक्ति बने

Nimb long ad
Prabhu Insurance Long Ad

स्पेस एक्सका संस्थापक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्क पुनः विश्वकै सबै भन्दा धनी व्यक्ति बनेका छन् ।

ब्लूम बर्गको पछिल्लो तथ्यांक अनुसार केही समय अघि दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन् । गत डिसेम्बरदेखि फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटानका सीईओ बर्नार्ड अर्नाल्ट पहिलो नम्बरमा रहेका थिए ।

टेस्लाको स्टक मूल्यमा बढोत्तरी भएसँगै मस्क पुनः पहिलो नम्बरमा आएका हुन् । मस्कको अहिले कुल सम्पत्ति १८७ दशमव १ विलियन डलर पुगेको छ । अर्नाल्टको सम्पत्ती १८५ दशमलव ३ विलियन डलर रहेको छ ।

विद्युतीय कार निर्माण टेस्लाको शेयर सन् २०२३ सुरुदेखि नै बढिरहेको छ । सन् २०२२ को अन्त्यमा २ सय विलियन डलरको सम्पत्ति गुमाएर मस्क इतिहासमै सबै भन्दा धेरै नोक्सान ब्यहोर्ने धनाढ्य पनि बनेका थिए । गत डिसेम्बर मस्कको सम्पति १ सय ३७ विलियन डलरमा झरेको थियो ।

IME Life
kumari