citizens life insurance long ad
stcnepal long ad

रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा

'युद्ध रोकिने अझै छैन संकेत'

Nimb long ad
Prabhu Insurance Long Ad

रुसले युक्रेनमा आक्रमण गरेको आज शुक्रबार एक वर्ष पुगेको छ । गत वर्ष फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेर युद्धको सुरुवात गरेको थियो । एक वर्षको अवधिमा दुवैतर्फ गरी हजारौं सैनिक मारिएका छन् भने हजारौं सैनिक घाइते भएका छन् ।

युक्रेनबाट आधा भन्दा बढी मानिस देश छाडेर विभिन्न देशमा पुगेका छन् । युद्धका कारण अहिलेसम्म ८ हजार गैरसैनिक ब्यक्तिहरू मारिएको र १३ हजार बढी घाइते भएको तथ्यांक राष्ट्रसंघीय मानवअधिकार आयोगको छ ।

युद्धका सुरूवाती दिनहरूमा युक्रेनको राजधानी कीभसम्मै पुगेको रुसी सैनिक अहिले दक्षिणपूर्वी युक्रेनको दोनबास क्षेत्रमा अड्डा जमाएर बसेको छ ।

दोनबास क्षेत्रलाई स्वतन्त्र घोषणा गरेको रुस त्यहाँबाट हट्ने पक्षमा छैन भने युक्रेनले आफ्नो भूमि फिर्ता लिने भन्दै प्रति आक्रमण जारी राखेको छ । तर, पछिल्लो समय युद्ध युक्रेनको हातबाट फुत्किएको विश्लेषण गरिएको छ ।

नाटो र अमेरिकाले अहिले युक्रेनको काँधमा बन्दुक राखेर रुस विरूद्ध युद्ध गरिरहेकाले तत्काल रुस–युक्रेन युद्ध अन्त्य हुने संभावना क्षीण बनेको छ । यसैबीच, राष्ट्रसंघीय साधारणसभाले रुसलाई युद्ध अन्त्य गर्न आह्वान गरेको छ ।

रुस–युक्रेन युद्धको वर्षगाँठको अघिल्लो दिन बिहीबार बसेको राष्ट्रसंघको साधारणसभाले अत्यधिक बहुमतसहित रुसलाई युद्ध अन्त्य गर्न आह्वान गर्दै प्रस्ताव पारित गरेको हो ।

प्रस्तावको पक्षमा १४० देशले मतदान गरेका थिए भने ३२ वटा देश मतदानमा सहभागी भएनन् । रुस सहित सात वटा देशले भने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

IME Life
kumari