थप १० जनामा आज कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो
आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार
काठमाडौं । नेपालमा फेरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
पछिल्लोपटक संक्रमण पुष्टि भएकाहरु सबै रौतहटका हुन् । उनीहरु राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेको मन्त्रालयले जनाएको छ ।




























