stcnepal long ad
ime life insurance
national life
global ime bank long

नयाँ टाटा टिगोर फेसलिफ्टको डिजाइन सार्वजनिक

यसै वर्ष बजारमा आउने सम्भावना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

टाटा मोटर्सले सन् २०२६ को टिगोर फेसलिफ्टको नयाँ डिजाइन भारतमा पेटेन्ट दर्ता गराएको छ । पेटेन्ट तस्बिरअनुसार कम्पनी आफ्नो लोकप्रिय सब–४ मिटर सेडानलाई नयाँ स्वरूपमा बजारमा ल्याउने तयारीमा रहेको संकेत दिएको छ ।

रिपोर्ट अनुसार नयाँ टिगोरको फ्रन्टमा उल्लेखनीय परिवर्तन गरिएको छ । यसमा नयाँ बम्पर, ठुलो लोअर एयर इनटेक र होरिजन्टल स्ल्याट समावेश गरिएको छ । साथै हेडलाइटको डिजाइन पनि परिमार्जन गरिएको छ, जसले कारलाई पहिलेभन्दा अझ आकर्षक र आधुनिक स्वरूप दिएको छ । बोनटको डिजाइन भने अघिल्लो मोडलसँग मिल्दोजुल्दो रहेको छ । यसमा नयाँ डिजाइनको अलोय ह्विल समावेश गरिएको छ । पछाडिको भागमा नयाँ डिजाइनका टेललाइट र फ्ल्याट लुक दिइएको छ ।

हालै लन्च गरिएको नयाँ टियागोमा उपलब्ध धेरै फिचर नयाँ टिगोरमा पनि समावेश हुने अपेक्षा गरिएको छ । यसमा एलईडी हेडलाइट, एलईडी टेललाइट, १५ इन्चका ड्युअल टोन अलोय ह्विल, १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल र एएमटी भेरिएन्टमा प्याडल सिफ्टरजस्ता फिचर उपलब्ध हुने अनुमान गरिएको छ ।

यसको क्याबिनमा पनि नयाँ टियागोबाट प्रेरित ड्यासबोर्ड डिजाइन, ठुलो टचस्क्रिन, नयाँ सेन्टर कन्सोल, डिजिटल डिस्प्ले र इन्टिरियर ट्रिम्स प्रयोग गरिने अपेक्षा गरिएको छ, जसले कारलाई थप प्रिमियम अनुभूति दिनेछ ।

यसमा हालकै १.२ लिटर क्षमताको तीन सिलिन्डर पेट्रोल इन्जिनलाई निरन्तरता दिइने अनुमान गरिएको छ, जसले ८६ हर्सपावर र ११३ एनएमको टर्क उत्पादन गर्छ । सिएनजी भर्सनमा सोही इन्जिनले ७३ हर्सपावर र ९५ एनएमको टर्क प्रदान गर्छ ।

यद्यपि टाटा मोटर्सले हालसम्म नयाँ टिगोर फेसलिफ्टको आधिकारिक लन्च मिति घोषणा गरेको छैन । तर पेटेन्ट डिजाइन सार्वजनिक भइसकेकाले सो मोडल निकट भविष्यमै भारतीय बजारमा प्रवेश गर्ने सम्भावना रहेको छ ।

IME Lifesidebar
kumari