citizens life insurance long ad
stcnepal long ad

फ्रान्समा सेवा निवृत्त हुने उमेर हद बढाएको विरोधमा प्रदर्शन

Nimb long ad
Prabhu Insurance Long Ad

फ्रान्समा सेवानिवृतिको अवधि बढाएको विरोधमा आन्दोलन सुरू भएको छ । फ्रान्सले हालै सेवा निवृत्त हुने उमेर ६२ बाट बढाएर ६४ पुर्‍याएको विरोधमा आन्दोलन चर्केको हो ।

राजधानी पेरिस लगायतका शहरमा भेला भएका प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन विरुद्ध नारा लगाउँदै नयाँ नियम तत्काल फिर्ता गर्न माग गरेका छन् ।

आन्दोलनमा आठ वटा ट्रेड युनियनहरु सहभागी छन् । आन्दोलनको प्रभाव विद्यालय, सार्वजनिक यातायात र तेल प्रशोधन केन्द्र सम्म परेको छ ।

आन्दोलनले राष्ट्रपति म्याक्रोन अप्ठेरोमा पर्नुभएको छ । प्रदर्शन नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गर्दा दर्जनौं प्रदर्शनकारीहरु घाइते भएका छन् ।

IME Life
kumari