stcnepal long ad
ime life insurance
national life
global ime bank long

कर्जा लिएर आन्दोलन गर्ने होइन, ब्याज तिर्नुहोस् : गभर्नर अधिकारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताउनुभएको छ। शनिबार कृषि विकास बैङ्कको ५६ औँ वार्षिक साधारण सभामा बोल्नुहुँदै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो।

बैङ्कबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै सङ्गठित रूपमा बैङ्कबाट लिएको कर्जा तिर्नुपर्दैन भन्नु अराजकताको माथिल्लो रूप भएको उहाँको भनाइ छ। उहाँले बैङ्कबाट कर्जा लिएर बैङ्कको कर्जा वा ब्याज नतिर्ने भन्दै सङ्गठित रूपमा दबाब दिन नमिल्ने बताउनु भयो।

गभर्नर अधिकारीले पछिल्लो समय बैङ्क तथा समग्र वित्तीय प्रणालीमा नै यस्ता नयाँ किसिमका चुनौती देखिएको बताउनुभयो। उहाँले बैङ्कको कर्जा सार्वजनिक सम्पत्ति, सर्वसाधारणको निक्षेप भएको उल्लेख गर्नुभयो।

उहाँले वाणिज्य बैङ्कको अधिकांश कर्जा सर्वसाधारणको निक्षेप भएको भन्दै कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताउनुभयो। उहाँले व्यवसायी वा उद्यमीले लिएको कर्जा निश्चित समयभित्र तिर्ने स्वीकार गरेर लिएकाले कर्जा नतिर्नु वित्तीय अपराध हुने दाबी गर्नुभयो।

गभर्नर अधिकारीले अराजक कुरालाई कसैले पनि प्रश्रय दिन नहुने भन्दै राष्ट्र बैङ्क यो विषयमा सतर्क र सजग रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता चुनौतीले समग्र बैङ्किङ प्रणाली, अर्थतन्त्रमा ठूलो असन्तुलन र व्यवस्थित ल्याउने बताउनुभयो।

उहाँले ऋण लिएर तिर्नुपर्दैन भनेर कहीँ कतै विकसित भए बैङ्किङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ रु भन्दै प्रश्न गर्नुभयो। उहाँले राष्ट्र बैङ्क यो विषयमा सचेत र सतर्क रहेको भन्दै यस्ता अभियान र संर्घष लामो समय नटिक्ने बताउनु भयो।

उहाँले भन्नुभयो,‘‘पछिल्लो समय बैङ्कमा धेरै चुनौती छन्। समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौती देखिएका छन्।

बैङ्कबाट ऋण लिने तर त्यो ऋण तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने भन्दै सङ्गठित रूपमा बैङ्कबाट लिएको ऋण तिर्नुपदैन भन्ने खालका कुरा बजारमा आउन थालेका छन्। जुन कुरा एउटा अराजकताको पनि अत्यन्तै माथिल्लो रूप हो।’’

त्यस्तै गभर्नर अधिकारीले बैङ्कलाई आधुनिक आवश्यकता पूर्ति गर्नुपर्ने चुनौती रहेको बताउनुभयो। उहाँले २०४५ सालमा सीमित बैङ्क हुँदा चेक साट्न जाँदा पासबुक बोकेर जानुपर्ने अवस्थाबाट अहिले डिलिट आधुनिक प्रविधिमा आइपुगेको बताउनुभयो।

उहाँले बैङ्कहरूले अहिलेको आधुनिक प्रविधिमा कहाँ छन् आफैले मूल्याङ्कन गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले पछिल्लो समय क्युआरबाट मात्रै ५१ लाख कारोबारमा १९ अर्बको कारोबार हुने गरेको बताउनुभयो।

गभर्नर अधिकारीले २५ अर्बको कारोबार क्नेटआइपीएसबाट मात्रै भइरहेको बताउनुभयो। उहाँले नेपाली समाज अहिले त्यो प्रविधिमैत्री बनिसकेको बताउनुभयो।

गभर्नर अधिकारीले कृषि विकास बैङ्क कृषि वित्तीय क्षेत्रमा नयाँ ढङ्गले जानुपर्ने बताउनुभयो। उहाँले कृषि क्षेत्रमा पनि आधुनिकीकरण हुँदै गएकाले त्यही अनुसारको वित्तीय कारोबारको आवश्यकता भएको उल्लेख गर्नुभएको हो। उहाँले कृषि क्षेत्रको विकासको लागि कृषि विकास बैङ्कले नेतृत्व लिनुपर्ने आवश्यकता रहेको बताउनुभयो।

IME Lifesidebar
kumari