stcnepal long ad
ime life insurance
national life
global ime bank long

गण्डकी अटो मेकानिकल एशोसिएशनको अध्यक्षमा मिश्र

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पोखरा । गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएशनको १४ औं अधिवेशनले सन्तोष कुमार मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा योगेन्द्रराज भण्डारी, उपाध्यक्ष कृष्ण बहादुर खाँड, महासचिव विष्णु प्रसाद अधिकारी, सचिव हिमाल तिमिल्सिना, कोषाध्यक्ष अर्जुन प्रसाद उप्रेती, सह कोषाध्यक्ष लिल बहादुर सुनारभएका छन् ।

यस्तै सदस्यहरुमा क्रमश एक बहादुर बानिया, जगन्नाथ गर्तौला, नवराज सुनार, हुमराज भण्डारी, जिरजोधन बैठा, सन्तोष राउत कुर्मी, निहाल अन्सारी, जय प्रकाश शर्मा रहेका छन् ।

अधिवेशनको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अटो मेकानिकल व्यवसायलाई व्यवस्थापन गर्न तीन ठाउँमा अटो ल्याण्ड निर्माण गरिने बताए ।

नवनिर्वाचित समितिलाई पदस्थापन गराउँदै नेपाल अटो व्यवसायी महासंघका उपाध्यक्ष कुल बहादुर नेपालीले मेकानिक्सको क्षमता, दक्षता विकासका लागि महासंघमार्फत सहयोग गरिने बताए ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सल्लाहकार माधवराज बाँस्तोलाको सभापतित्वमा भएको कार्यक्रममा महासंघ प्रदेश अध्यक्ष सन्तकुमार भट्राई, पूर्व अध्यक्ष सानुमान जलारी, रेडक्रस गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाल, प्रेस सल्लाहकार कृष्ण बहादुर थापा, तालवाराही साप्ताहिकका प्रकाशक सूर्य सिकारु, पूर्व कोषाध्यक्ष रत्न बहादुर थापा, कार्यालय प्रमुख पार्वती बराल लगायतले आ आफ्ना धारणा राखेका थिए ।

एशोसिएशनले १५ वर्षदेखि व्यवस्थित रुपमा अटो मेकानिकल व्यवसाय सञ्चालनमा अटो ल्याण्ड आवश्यकता रहेकाले सो मा सहयोग गर्न पोखरा महानगरपालिका लगायतका संघसंस्थासँग सहयोग माग्दै आएको छ ।

IME Lifesidebar
kumari