citizens life insurance long ad
stcnepal long ad

चीनमा कोरोना लहर, अन्तर्राष्ट्रिय समुदाय चिन्तित

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिका, जापानलगायतका विभिन्न देशले चीनबाट त्यहाँ जाने यात्रुले कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेका छन् । चीनमा देखिएको कोरोना भाइरसको लहर विश्वव्यापी फैलिन सक्ने चिन्ता बढेको छ । चीनले भाइरसको नयाँ भेरियन्टबारे यथेष्ट जानकारी नगराउँँदा विश्व समुदाय सशंकित छ ।

चीनमा भाइरसको नयाँ भेरियन्ट फैलिएको भन्नेबारेमा त्यहाँको सरकारले अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक गरेको छैन । तर चीन सरकारको यसअघिकोे ‘ट्र्याक रेकर्ड’ राम्रो नभएका कारण उसले नयाँ भेरियन्टबारे तथ्यांक साझेदारी गर्नेमा विश्व संशकित बनेको छ । चीनमा फैलिएको भाइरसको यथार्थ अवस्थाबारे जानकारी नहुँदा विश्वभर यसको प्रकोप ह्वात्तै बढ्न सक्ने आकलन गरिएको छ ।

अमेरिकी सरकारले  चीनबाट  जाने यात्रुले नेगेटिभ कोभिड–१९ रिपोर्ट पेस गर्नुपर्ने घोषणा गरेको छ । चीनमा देखिएको भाइरस संक्रमणको नयाँ लहर र भाइरसको नयाँ रूपको ‘जेनेटिक सिक्वेन्स’ लगायतका विषयमा यथेष्ट जानकारी नभएका कारण अमेरिकाले यस्तो निर्णय गरेको हो ।

ताइवानको इपिडेमिक कमान्ड सेन्टरका प्रमुख वाङ पी सेङले चीनको वर्तमान अवस्थाबारे यथेष्ट जानकारी नहुँदा ताइवानी सरकार चिन्तित बनेको बताए ।

ताइवानी सरकारले आउँदो जनवरी १ देखि चीनबाट ताइवान भित्रिने हरेकको भाइरस परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । चिनियाँ नयाँ वर्षका अवसरमा त्यहाँ रहेका ३० हजार ताइवानी देश फर्कने अनुमान गरिएको छ ।आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

IME Life
kumari