stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले काठमाडौँ उपत्यकालाई स्वच्छ, सुन्दर र हराभरा बनाउने उद्देश्यले तीनवटै जिल्लाको गुरुयोजना निर्माण सुरु गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार प्राधिकरण र निर्माण कम्पनीबीच सम्झौता भई काम सुरु भइसकेको छ। आगामी २०८० साल फागुनभित्र गुरुयोजना तयार भइसक्नेछ।

कुल नौ करोड रुपियाँको लागतमा गुरुयोजना निर्माण भइरहेको छ। गुरुयोजना निर्माणपछि उपत्यकाका १८ वटै पालिकालाई काम गर्न थप सहज हुने र गुरुयोजना कार्यान्वयनको जिम्मेवारी पनि पालिकाकै हुने उहाँको भनाइ छ।

prabhu mahalaxmi
kumari