citizens life insurance long ad
stcnepal long ad

पुस २९ गते नबिल बैंकको ३८ औं वार्षिक साधारण सभा

३०% लाभांश पारित हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पुस २९ गते नबिल बैंकले ३८ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा सिल्भर ओक ब्यांक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभाले बैंकले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १८।५०५ बोनस सेयर र कर सहित ११.५० प्रतिशत नगद गरी कुल ३०५ लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

साथैै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

त्यस्तै, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

IME Life
kumari