stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल एसबीआई बैंकको वार्षिक साधारण सभा पुस २५ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल एसबीआई बैंकले लाभांश प्रस्ताव सहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३५ बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।

यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १३ गते बुक क्लोज गर्दैछ । पुस १२ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari