stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सेञ्चुरी बैंकको वितरण योग्य नाफा साढे ९१ करोड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २८ गते आइतबार

काठमाडौँ ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सेञ्चुरी बैंकको वितरण योग्य नाफा ९१ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यो नाफा गत वर्षको यस अवधिमा ६१ करोड ६ लाख वितरण योग्य नाफा कमाएको थियो । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा करिब ५० प्रतिशत बढी भएको हो ।

बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार यस वर्ष गत वर्षभन्दा सञ्चालन नाफा ४५ प्रतिशतले बढेर १ अर्ब २६ करोड ९२ लाख पुगेको छ । बैंकले गत वर्षभन्दा १४ प्रतिशत बढी २ अर्ब २५ करोड १५ लाखभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । बैंकको चुक्ता पूँजी रू.८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रहेको छ भने जगेडा कोषमा रू. १ अर्ब ७९ करोड ९१ लाख भन्दा बढी कायम भएको छ । जगेडा कोष रकम ७८ दशमलव ३७ प्रतिशत बढी कायम भएको छ ।

हाल यस वर्ष बैंकले ५८ अर्ब ७७ करोड ४५ लाख ८१ हजार निक्षेप संकलन गरेको छ भने ५८ अर्ब १० करोड ९५ लाख ६० हजार कर्जा प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको निक्षेप २ दशमलव ४९ प्रतिशत कम भएको छ भने १ दशमलव ७८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव ५३ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस वर्ष भने २ दशमलव १९ प्रतिशत कायम भएको छ । यस अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी १४ दशमलव ५१ र प्रतिशेयर नेटवर्थ १२९ दशमलव ७२ रहेको छ ।

 

prabhu mahalaxmi
kumari