stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु बैंकको बोनस सेयरमा मूल्य समायोजन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकको ६.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता १८९ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

आइतबार सोही मूल्यलाई आधार मानेर यसको सेयर कारोबार खुला हुनेछ । बिहीबारको अन्तिम कारोबार मूल्य २०१ रुपैयाँ ९० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

प्रभुले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा बैंकको केन्द्रीय कार्यालय, बवरमहल, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ । सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्नेगाभिने र प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा छ ।

prabhu mahalaxmi
kumari