stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नबिल बैंकले सुरु गर्‍यो ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप’ कार्यक्रम

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम शुरु गरेको छ।

बैंकले त्रिभुवन विश्व विद्यालयको सहकार्यमा सामाजिक उद्यमशीलता प्रवर्द्धन उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम सुरु गरेको हो। बैंकले सुरुवातमा बागमती प्रदेशबाट पहिलो सत्रको ६ महिने तालिम फेलोसिप सञ्चालन सुरु गरेको छ।

बैंकले उद्यमशीलतामा रुचि राख्ने भएका १८ देखि ५० वर्षसम्मका उद्यमीहरूलाई लक्षित गरेर दुई प्रकारका फेलोसिप र कोष डिजाइन गरेर सर्टिफिकेसन कोष कार्यक्रम सुरु गरिएको नबिल बैंकका नायव कार्यकारी निर्देशक भूपेन्द्र पाण्डेले बताए।

पाण्डेले नबिल बैङ्कले शुरु गरेको कोषमा विद्यार्थीको धेरै प्रोत्साहन गरेको पाइएको बताए । पाण्डेले विगतमा विद्यार्थीहरूले पढ्दा जागिर खानुपर्छ भनेर पढ्ने गरेकाले अब पढाई सकेर उद्यमशील बनाउन कार्यक्रमले प्रेरित गर्ने बताए।

पाण्डेले अहिले २५ जनाको सहभागिता रहेको बताए। उनले बैङ्कले देशका सात वटै प्रदेशमा यो कार्यक्रम गर्न लागेको जानकारी दिए।

पाण्डेले नबिल बैंकले नाफामा मात्रै नभएर उद्यमशिताको विकासले देशको आर्थिक अवस्था माथि उठ्ने भएकाले सामाजिक उत्तरदायित्वका लागि काम गर्न लागेको बताए।

पाण्डेले सहभागी विद्यार्थीहरूलाई नबिल बैंकको टेक्निकल टिम तथा फिल्डभिजिट गराएर नै तालिम दिने गरेको बताए।

बैंकले कमाउने नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने हुन्छ। नबिल बैङ्कले उक्त रकम विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ।

यो वर्षदेखि सामाजिक उद्यमशीलता प्रवर्द्धन उद्देश्यले थप नयाँ नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम सञ्चालनमा ल्याएको बैङ्कले बताएको छ।

prabhu mahalaxmi
kumari