stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गत वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १४७९ जनाले ज्यान गुमाए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा गएकामध्ये १४७९ जनाले ज्यान गुमाएका छन् । बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको ज्यान गएको मानव अधिकार आयोगले जनाएको छ ।

आयोगको तथ्यांक अनुसार मलेसिया र खाडी मुलुकमा अधिक नेपालीको मृत्यु हुने गरेको पाइएको छ । यी मुलुकमा मृत्युदर झण्डै ७५ प्रतिशतको हाराहारी रहेको तथ्यांकमा उल्लेख छ । कुल संख्यामध्ये वैदेशिक रोजगारीमा गएका १०५ जनाले आत्महत्या गरेको समेत तथ्यांकमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari