stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष, सह विक्री प्रबन्धकमा सनराईज क्यापिटल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि विक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ भने सह विक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले १ः१ को अनुपातमा अर्थात (१ कित्ता शेयर बराबर १ कित्ता शेयर) का दरले साबिकका शेयरधनीहरूलाई हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीले प्रति शेयर १ सय रुपैयाँ दरले हुने १० करोड ५९ लाख कित्ता हकप्रद साधारण शेयरको हुने रकम दश अर्ब ५९ करोड बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि मंसिर २६ गते दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

त्यस्तै, नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा विक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ कमलपोखरीलाई सह निष्काशन तथा विक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेको छ ।

prabhu mahalaxmi
kumari