एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तपुँजीको २०.६८ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको गएको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित ७.६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस सेयर लगानीकर्तालाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आउँदो वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीहरूले प्राप्त गर्नेछन् । कम्पनीको हालको चुक्तापुँजी नौ अर्ब ४२ करोड ७३ लाख ४० हजार रुपैयाँ छ ।


























