stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिद्धार्थ बैंकका ग्राहकले मेडिकल कलेजको सेवामा विशेष छुट प्राप्त गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरुले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा छुट पाउने भएका छन् । बैंक र सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वर अजय सिंह भण्डारी तथा काठमाडौं मेडिकल कलेजका तर्फबाट सामान्य प्रशासन प्रमुख प्रेम प्रकाश थापाले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन्।

यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिईएको बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari