stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

७४ वर्षे ज्येष्ठ नागरिकद्वारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ का ७४ वर्षीय वेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको छ । आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गर्नुभएको हो ।

एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि कर्म हो । अरूको केही पनि नलिने र नखाने स्वभावका सुनुवारले यसअघि देखि नै भत्ता नलिने बताउँदै आउनुभएको वडाध्यक्ष अनन्त हायुले बताउनुभयो । “उहाँले भत्ता लिन मान्नु भएन र नलिने घोषणा गर्नुभयो ।”, वडाध्यक्ष हायुले भन्नुभयो, “उहाँ अरूले दिएको खानु हुन्न ।”

हायुका अनुसार राज्यले दिएको भत्ता नलिने घोषणा गर्दै सुनुवारले राज्यबाट निःशुल्क भत्ता नलिने घोषणा गर्नुभएको हो । सुनुवारले भत्ता नलिने घोषणा गरेको जानकारी नगरपालिकालाई गराइसकेको बताउँदै वडाध्यक्ष हायुले वडाबाट विशेष सम्मान गर्ने तयारी गरेको बताउनुभयो ।

prabhu mahalaxmi
kumari