stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निर्वाचन आचारसंहिता आजदेखि हट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्वाचन आचारसंहिता आजदेखि हटेको छ । प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावका लागि गएको असोज १२ गतेदेखि लागू भएको आचारसंहिता आजदेखि नरहने निर्वाचन आयोगले जनाएको हो ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले यो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताउनु भएको छ ।

आचारसंहिता हटेसँगै सरकारलाई अब सरुवा, बढुवा तथा नियुक्ति लगायतको काम गर्न बाटो खुलेको छ ।

prabhu mahalaxmi
kumari