stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल हस्तकला महासंघद्वारा ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मानित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताको तेस्रो दिन ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको छ ।

हस्तकलाका विभिन्न विधामा संलग्न काठमाडौं उपत्यका भित्र र बाहिरी जिल्लाका १० जना कलाकारलाई सम्मान गरिएको हो ।

महासंघले ७० वर्ष नाघेका ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई राष्ट्रव्यापी सम्मान गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष प्रचण्ड शाक्यले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनुहुने कलाकारहरुमा माटोजन्य कला विधातर्फ तहाननी भक्तपुरका ८२ वर्षीय तुल्सीबहादुर प्रजापति, कताँ ज्या विधामा आल्को ललितपुरका ८० वर्षीय धनकाजी शाक्य, कालष्ठकला विधामा बुङमती ललितपुरका ८० वर्षीय मुनीराज ब्रह्मचार्य, जडाउ कला विधामा काठमाडौं बौद्धकी ७७ वर्षीय भुवनलक्ष्मी शाक्य तथा सुनचाँदीजन्य कला विधामा ढल्को काठमाडौंका ७४ वर्षीय प्रा। स्वस्तिरत्न शाक्य हुनुहुन्छ ।

यस्तै, पत्थरजन्य कला विधामा खाँछे ललितपुरका ७४ वर्षीय मीनराज शाक्य, ढलोट कला विधामा पोखराका ७३ वर्षीय विष्णुप्रसाद बराल, माज्यो कला विधामा क्षेत्रपाटी काठमाडौंका ७३ वर्षीय मोतीबहादुर ताम्राकार, थान्का विधामा हिलेदेवी रामेछापका ७१ वर्षीय धोर्जे लामा र तामाका भाँडाकुँडा विधामा चक्रबहिल ललितपुरका ७१ वर्षीय दिलमोहन ताम्राकार ‘ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मान, २०७९’बाट सम्मानित हुनुभएको छ ।

कार्यक्रममा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कलाकारहरुलाई नेवारी परम्परा र संस्कृति अनुसार सगुन दिई खादा ओढाइएको थियो । उहाँहरुलाई ताम्रपत्र प्रदान गरी सम्मान गरिएको छ भने प्रतिव्यक्ति औषधिउपचार खर्चबापत चार हजार रुपैयाँसमेत प्रदान गरिएको छ ।

राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा शुक्रबारबाट सुरु भएको मेला मंगलबारसम्म सञ्चालन हुनेछ ।

prabhu mahalaxmi
kumari