stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एमाले अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली निवास बालकोटमा आइतबार साँझ भेटवार्ता भएको कांग्रेस नेता केसीको सचिवालयले जनाएको छ ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रम,जनजीविकाका सवालमा उठेका सवालको सामूहिक रुपमा समाधान गर्ने प्रतिवद्वतासँगै नयाँ सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबीच एकता, सहकार्य खाँचोमा विषयबारे छलफल भएको बताइएको छ । उनीहरुबीच करिब २ घण्टा छलफल भएको थियो ।

द्वन्दकालीन मुद्दाहरु किनारा लगाउने सहमति, चुच्ने नक्सा अनुसारको भुगोल नेपालको हुनुपर्ने भारतीय पक्षसँग वार्ता गर्न दलहरु एकमत, भ्रष्टाचारविरुद्व एक भई लड्ने प्रतिबद्वता, अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हनुपर्नेमासमेत छलफल भएको बताइएको छ ।

prabhu mahalaxmi
kumari