stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

झरना थापाको चलचित्र ‘भगवत् गीता’मा धिरज मगर अनुबन्धित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । झरना थापाको नयाँ चलचित्र ‘भगवत् गीता’को मुख्य अभिनेतामा धिरज मगर अनुबन्धित भएका छन् ।

चलचित्रकी निर्देशक थापाले धिरज चलचित्रमा अनुबन्धित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन् । निर्माण कम्पनी र अभिनेता धिरजबीच शनिबार लिखित सम्झौता भएको हो ।

चलचित्रमा धिरजको अपोजिटमा सुहाना थापा हुनेछिन् । यी दुईबीच अनस्क्रिन रोमान्स हुनेछ । यो लभस्टोरी चलचित्रको छायांकन जनकपुर र मनाङमा हुने भएको छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रका बाँकी कलाकार एक सातामा तय हुने जनाइएको छ । पुस २ गतेदेखि धिरज र सुहानाले कार्यशालामा भाग लिनेछन् ।

prabhu mahalaxmi
kumari