stcnepal long ad
ime life insurance
global ime bank long

ज्योति लाईफ इन्स्योरेन्सले आफ्ना सबै बीमितहरुको कोरोना बीमा गरिदिने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल २०७७ वैशाख २७ गते शनिबार

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख २७ देखि जेष्ठ मसान्त भित्र सावधिक जीवन बीमाको नवीकरण बीमा शुल्क तिर्ने बीमितहरुको लागि रु.५० हजार बराबरको जोखिम बहन हुने गरी १ वर्षको लागि कोरोना बीमा सुविधा दिने भएको छ ।

विश्व नै कोरोना भाइरस कोभिड–१९ बाट आक्रान्त भै रहेको अहिलेको विषम परिस्थितीमा कम्पनीले “बीमितहरुको सुरक्षा, हाम्रो दायित्व” भन्ने नाराका साथ बीमितहरुको लागि यो सुविधा थप गरेको हो सो वापत लाग्ने बीमा शुल्क कम्पनीले नै तिरिदिने भएकोले यसबाट बीमितहरुलाई कुनै आर्थिक भार पर्ने छैन ।

यस योजनाबाट ज्येष्ठ मसान्त २०७७ भित्र नवीकरण बीमा शुल्क तिर्ने सम्पुर्ण बीमितिहरुले कोभिड–१९ को बीमालेखमा उल्लेखित शर्त बमोजिम बीमितको पीसीआर पद्धतीबाट कोरोना भाइरस परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएमा सम्बन्धित बीमा कम्पनीले बीमितलाई एकमुष्ट रु.५० हजार उपलब्ध गराउनेछ ।

      

यस योजनाबाट कम्पनीका १० हजार भन्दा बढी बीमितहरु लाभान्वित हुन सक्ने विश्वास कम्पनीले लिएको छ । सम्पूर्ण नवीकरण योग्य बीमितहरुलाइ विभिन्न अनलाइन सेवा, कम्पनीको बैक खातामा रकम जम्मा गर्ने वा नजिकको शाखा/उपशाखा कार्यालयमा सम्पर्क गरी नवीकरण बीमा शुल्क तिरी कम्पनीले दिएको सुविधाबाट लाभ लिनु हुन कम्पनीले अनुरोध गरेको छ ।

prabhu mahalaxmi
kumari