stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकाको जर्सीमा एक आवासीय अपार्टमेन्टमा विष्फोट, पाँच जनाको मृत्यु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाको  जर्सीमा तीन तल्ले अपार्टमेन्टमा विष्फोट हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । सोही अपार्टमेन्टमा बस्ने थप चार जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

अझै पनि घटनामा परी घाइते भएका तथा हराइरहेकाहरुको खोज तथा उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जर्सीमा उद्धारकर्मीहरूले आइतबार तीन तले अपार्टमेन्ट भवनमा भएको विस्फोटमा बाँचेकाहरू भेट्टाउने सम्भावना लगभग अन्त्य भएको उद्धारकर्मीले बताएका छन् ।

च्यानल टापुको बन्दरगाह राजधानी सेन्ट हेलियरमा शनिबार बिहान ग्यास चुहावट भएपछि विस्फोट भएको अनुमान गरिएको छ । अर्को चरणमा भग्नावशेषको सूक्ष्म र परिश्रमपूर्ण खोजी गरिनेछ, जुन काम हप्तौं लाग्न सक्ने प्रहरीको भनाइ छ ।

दक्षिणी इङ्ल्यान्डका खोजी कुकुर र सहरी उद्धार विशेषज्ञहरूको सहयोगमा जर्सीका आपतकालीन उद्धारकर्मीले भग्नावशेषमा रातभर वेपत्ता व्यक्तिको खोजी जारी राखेका छन् ।

prabhu mahalaxmi
kumari