stcnepal long ad
ime life insurance
national life
global ime bank long

महाकालीबाट पछि हट्यो भारत

नदीलाई पुरानै धारबाट बगाउन सहमत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । दार्चुलाको महाकाली नदीमा भारतले निर्माण गरेको तट्बन्धनका कारण नेपालतर्फ नदीको धार सोझिएको भन्दै बिरोध भएपछि भारतले नदीको धार मोडिएको स्थानको तट्बन्धन हटाउने सहमति जनाएको छ ।

बुधबार भारतको धार्चुलामा दुई देशका सुरक्षा अभिकारीबीच भएको छलफल पछि भारतले निर्माण गरेको तट्बन्धनका कारण नदीको धार नेपालतर्फ मोडिएको स्थानमा तट्बन्धन हटाउने मौखिक सहमति भएको हो ।

छलफलमा नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय र भारतका तर्फबाट पिथौरागढकी डिएम ९डिष्ट्रिक्ट मजिष्टेट० रिमा जोशी सहभागि रहेका थिए ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायका अनुसार भारतले निर्माण गरेको तट्बन्धन र केही स्थामा ढुंगा माटो जम्मा भई महाँकाली नदीको धार दार्चुलातर्फ मोडिएको छ ।

सो क्षत्रको ढुंगा माटो तथा समस्या भएको स्थानको तट्बन्धन हटाउन भारतीय अधिकारीले मौखिक सहमति दिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । ‘१० दिन भित्र नदीको धार मोडिएका क्षेत्रमा धार सिधा गर्नेगरी संरतना हटाउन भारतीय पक्ष सहमत भएका छन्,’ प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, ‘भारतले धार फर्काउने गरी आफ्नो क्षेत्रको संरचना पञ्चाएपछि फेरी थप छलफल गरिने छ ।’ छलफमा कुनै लिखित सहमति भने नभएको उनले बताए ।

‘स्थानीयले नेतालफर्त महाकाली नदीको धार मोडिने गरी निर्माण थालिएको तट्बन्धन गर्ने कार्य रोक्नुपर्छ भन्ने माग राख्दै आन्दोलन गरेका थिए,’ प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, ‘हामीले भने अनुसार काम गर्न भारतीय पक्ष सहमत भएपछि लिखित गर्नुपर्छ भन्ने लागेन, आवश्यक परे पछि सोही विषलाई लिखित दस्तावेज पनि बनाउन सकिन्छ ।

’छलफलमा विवादित भएका स्थानमा तत्काल काम नगर्ने सहमति समेत भएको उपाध्यायले बताए । भारतले एकतर्फी तट्बन्धन निर्माण गरी महाँकाली नदीको धार नेपाल तर्फ फर्काएको भन्दै आइतबार दार्चुलाका स्थानीयले भारतको विरोध गरेका थिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

IME Lifesidebar
kumari