stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नगर प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने ४ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन भन्दै गएको महानगरको टोलीमाथि सांघातिक आक्रमण भएको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं प्रहरी परिसर टेकूमा उजुरी गरेको थियो । उक्त प्रकरणबारे महानगरले जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएको थियो ।

बुधबार जिल्ला प्रशासन कार्यालयले नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा नारायण परिश्रमी, हुकुमबहादुर लामा, दीपकजंग कुँवर र राजु तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।

उनीहरूमाथि नगर प्रहरी प्रमुख राजु पाण्डे, नगर प्रहरी जवान शर्मिला बोगटीलगायत १८ जनालाई आपराधिक बल तथा हातहतियार प्रयोग गरी बन्धक बनाई सांघातिक आक्रमण गरी घाइते बनाएको आरोपमा अनुसन्धान अघि बढाइने प्रहरी परिसरले जनाएको छ ।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ८५, दफा १९६ र दफा २१२ बमोजिम कारबाही प्रकिया अघि बढाउन प्रशासनले निर्देशन दिएको हो ।

prabhu mahalaxmi
kumari