citizens life insurance long ad
stcnepal long ad

चीनमा कोभिड विरुद्ध सरकारले चालेका कदमविरुद्ध प्रदर्शन

Nimb long ad
Prabhu Insurance Long Ad

बेइजिङ– चीनमा कोभिड विरुद्ध सरकारले चालेका उपायहरु विरुद्धमा तीव्र विरोध प्रदर्शन गरिएको छ ।

कोभिड विरुद्ध चालिएका उपायहरु कडा भएको भन्दै सार्वजनिक रूपमा नै प्रदर्शनकारीहरुले कम्युनिष्ट पार्टीका नेताहरूप्रति रिस पोखेका छन्।

हजारौं प्रदर्शनकारीहरू सांघाईको सडकमा उत्रिएका र उनीहरुलाई प्रहरीले कारमा राखेका बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

बेइजिङ र नान्जिङका विश्वविद्यालयहरूमा पनि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। दुर्गम उत्तर(पश्चिमी शहर उरुमचीमा कडा लकडाउनका कारण १० जना व्यक्तिको मृत्यु भएपछि प्रदर्शन सुरु भएको हो ।

चिनियाँ अधिकारीहरूले भने कोविड प्रतिबन्धका कारण मृत्यु भएको कुरालाई अस्वीकार गरेका छन् र प्रतिबन्धहरू हटाउने वाचा समेत गरेको बीबीसीले जनाएको छ ।

IME Life
kumari