stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रुसी राष्ट्रपति पुटिनद्धारा युक्रेन युद्धमा खटिएका सैनिकका आमाहरुसँग भेटवार्ता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा खटिएका सैनिकका आमाहरुसँग भेटघाट गर्नुभएको छ । युक्रेन युद्धमा मारिएका र युद्धरत सैनिकका आमाहरुसँग भेटवार्ता गर्दै राष्ट्रपति पुटिनले आफू पनि आमाहरुको पीडामा साथ रहेको बताउनुभयो ।

सैनिकका आमाहरुसँगको बैठकमा राष्ट्रपति पुटिनले युद्धमा मारिएका छोराहरुको क्षतिपूर्ति कसै गरी पनि गर्न नसक्ने भन्दै आमाहरुको पीडामा आफू पनि साथ रहेको बताउनु भयो ।

रुसको राज्य नियन्त्रित संचार माध्यमले पुटिनको सैनिक परिवारसँगको भेटवार्ताका विषयमा जानकारी गराएको हो । बैठकमा सहभागिताका लागि होसियारीपूर्वक क्रेमलिनका समर्थनमा रहेका लडाकुका आमाहरु मात्रै छनौट गरिएको आलोचकहरुको भनाइ छ ।

पछिल्लो समय रुसभित्रै युक्रेन युद्धका विरुद्ध सर्वसाधारणको आक्रोश बढिरहेको छ । साथै युक्रेन युद्धमा पठाइएका सैन्य लडाकुका आमाहरुले आफ्ना छोराहरुलाई उपयुक्त तालिम, हातहतियार र पोसाक विना नै युद्धमा होमेको आरोप लगाएका छन् ।

अत्यन्त चिसो मौसममा आवश्यक तयारी र साधन स्रोत विना नै युद्धमा होमेकी आमाहरुको गुनासो छ । रुस(युक्रेन युद्धमा १ लाख रुसी र १ लाख युक्रेनी सैनिक मारिएका छन् ।

prabhu mahalaxmi
kumari