stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइएमई लाइफका संस्थापकलाई सत प्रतिशत पूँजी थप्ने म्याद मंसिर २० गतेसम्म थप

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीहरुलाई सत प्रतिशत पूँजी थप गर्ने समय थप गरेको छ । कम्पनीले कार्तिक एक गतेदेखि मंसिर ५ गतेसम्म सम्बन्धित शेयरधनीहरुलाई सत प्रतिशत पूँजी थप गर्न आह्वान गरेको थियो ।

यस अवधिमा चुनाव पनि परेको र माग बराबरको आवेदन नपरे पछि कम्पनीले पूँजी थप्ने म्याद मंसिर २० गतेसम्म थप गरेको हो ।

कम्पनीले गत असोज २६ गते सम्पन्न गरेको पाँचौ वार्षिक साधारणसभाबाट विद्यमान संस्थापकहरु सँग सत प्रतिशत पूँजी थप गर्ने निर्णय पारित गरेको थियो ।

अन्य कम्पनीहरु बीमा समितिले तोकेको पूँजी थप गर्न नसके पछि मर्जरमा गइरहदा नेपाल लाइफ भने विद्यमान संस्थापकहरु सँगै पूँजी थप गर्ने तयारीमा छ । कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ४० करोड रहेको छ ।

अहिलेको विद्यमान संस्थापकहरु सँग सत प्रतिशत पूँजी आह्वान पछि २ अर्ब ८० करोड पुग्नेछ । यस पछि कम्पनीले ३० प्रतिशत पूँजी आइपिओ जारी गरेर जुटाउनेछ । यदि मर्जरमै गए पनि कम्पनीलाई अर्को कम्पनी सँग मर्जरको लागि वार्गेनिङ पावर बढ्नेछ ।

यदि मर्जर नै नगरी पूँजी जुटाउन खोजेमा पहिला आइपिओ निष्काशन गर्ने र नपुग पूँजी बोनस शेयर दिएर जुटाउन सक्नेछ ।

बीमा प्राधिकरणले आइपिओ निष्काशन नगरेका कम्पनीहरुलाई जति पनि हकप्रद मार्फत पूँजी जुटाउन दिइरहेको छ । तर आइपिओ निष्काशन गरिसकेका कम्पनीहरुलाई पनि हकप्रद शेयर निष्काशन गर्न दिइरहेको छैन ।

prabhu mahalaxmi
kumari