stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘एसिया–प्रशान्त क्षेत्र कसैका शक्ति प्रदर्शन गर्ने आँगन होइन’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

चीनका राष्ट्रपति सी जिनपिङले एसियामा शीतयुद्धको तनावविरुद्ध चेतावनी दिँदै यस क्षेत्रमा बढ्दो टकरावलाई अस्वीकार गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । बैंककमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक)शिखर सम्मेलनअघि उनले यस्तो जोड दिएका हुन् ।

सीले बैंककमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन ९एपेक० नेताहरूको शिखर सम्मेलनको शुरुवातअघि जारी गरेको लिखित भाषणमा चीनलाई क्षेत्रीय एकताको चालकको रूपमा हेर्ने इच्छा व्यक्त गरेका छन् ।

सीको भनाइले अमेरिकाको बढ्दो जबरजस्ती आर्थिक र सैन्य प्रभावप्रति लक्षित थियो । एसिया–प्रशान्त क्षेत्र ‘कसैको आँगन“ होइन र यो ‘ठूलो शक्ति प्रतिस्पर्धाको लागि मैदान बन्नु हुँदैन’, सीले भने । उनले ‘आर्थिक र व्यापार सम्बन्धलाई राजनीतिकरण र हतियार बनाउनेु, कुनै पनि प्रयास“ को निन्दा गरे।

prabhu mahalaxmi
kumari