चुनावमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले आगामी मंसिर २ देखि ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज गृह मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै मंसिर ४ गते हुने निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने जनाएकाे हाे ।
सरकारले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुन गइरहेको र सो सन्दर्भमा शिक्षण संस्था तथा विद्यालयहरु मतदानका लागि स्थल तथा केन्द्रकाे रूपमा प्रयोग हुने भएकाले मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सूचनामार्फत जानकारी दिएका छन् ।
उनका अनुसार मंसिर शिक्षण संस्था तथा विद्यfलय र सरकारी कार्यालयमा २ गतेदेखि ५ गतेसम्म र सार्वजनिक निकायहरुमा मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिइएको छ ।



























