stcnepal long ad
global ime bank long

खुला दिसामुक्त क्षेत्र भएको दशक बित्यो, तर शौचालय बनेन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

लमजुङ । ठूलो तामझामका साथ लमजुङमै दोस्रोपटक खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो तत्कालीन गाउँसहर गाविसलाई ।

हाल बेसीसहर नगरपालिका–२ मा रहेको पाखाथोक सुनारगाउँको २२ घरधुरी छन् । तर त्यहीबेला सात घरमा शौचालय नै नबनाइकन  खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको स्थानीयले बताएका छन् ।

लमजुङ सदरमुकामको नाकैमा जोडिएको सुनारगाउँमा विना शौचालय खुला दिसामुक्त क्षेत्र घोषणा गरियो भने अन्यत्र दुर्गम गाउँका सबै घरमा शौचालय छन् भन्ने कुरामा विश्वस्त हुन नसकिने बनाएको छ ।

०६७र ६८ सालतिर खुला दिसामुक्त क्षेत्र घोषणा गर्दा नरुवाल पाखाथोक क्षेत्रका पहुँच पुग्नेको घरमा शौचालय बनेको तर दलित बस्तीका सबै घरमा शौचालय नबन्दै खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको स्थानीय जीवन सुनारले बताए ।

हाम्रो गाउँका सोमबहादुर सुनार, रामचन्द्र सुनार, शंकर सुनार, कृष्ण सुनार, दिपक सुनार लगायत सात घरमा शौचालय छैन । खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने बेलामा ट्वाइलेट नै नबनाइकन घोषणा गरिएको सुनारगाउँका विश्व सुनारले बताए ।

अहिले खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमले गर्दा बनाउन भ्याइएन केही समयभित्र बनाइन्छ भनी आवश्वासन दिइएको थियो तर अहिलेसम्म हाम्रो घरमा शौचालय बनाउन कोही नआएको भन्दै दीपक सुनारले दुखेसो पोखे ।

बेसीसहर नगरपालिका–२ का तत्कालीन अध्यक्ष गणेश कँडेलको पहलमा हालसालै यही रहेको श्रीजङ गण नेपाली सेनाले सोमबहादुर सुनारको घर बनाइदियो र शौचालयको खाल्टो खनिदिएको छ । तर शौचालयको बाँकी काम सबै अधुरो रहेको छ ।

‘एक दशक अगाडि नै खुला  दिसामुक्त  क्षेत्र घोषणा हुँदा सबैको घरमा शौचालय बनिसक्नुपर्ने थियो ।

कामको चापाचापले त्यो बेला नभ्याएको हो भने त्यो वर्षभित्र बनाइसक्नुपर्ने थियो । तर अरु सबैले पाएको सुविधासमेत हामी दलितले पाएनौँ । हामीसँगै जोडिएको मगर पात्ले होमस्टे गाउँ बनेर झिलिमिली भएको छ तर हामीलाई दलित भनेर होला सबैका घरमा ट्वाइलेट समेत छैनन्,’ दीपक सुनारले भने ।

यति मात्रै होइन हाम्रो गाउँ छिर्ने मोटरबाटो खनेको मुखैमा ल्याएर व्याडमिन्टल कोट बनाइयो । अब व्याडमिन्टल जाली टाँगेपछि गाउँमा मोटरबाटो पूर्ण रूपमा बन्द हुन्छ । यो जानीबुझीकन हाम्रो गाउँलाई मोटरबाटोविहीन बनाउने काम गरिएको जीवनले बताए ।

IME Lifesidebar
kumari