stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अल्का अस्पतालद्वारा मधुमेहका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अल्का अस्पताल प्रालिले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । विश्व मधुमेह दिवसका अवसर पारेर ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरमा नै मधुमेह भएका बिरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय भन्दाबढी मधुमेहका बिरामीको परीक्षण र औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए ।

एचबिएवान सी, पीपी र फास्टिङलगायतका ल्याव टेष्टमा पनि निःशुल्क परीक्षण गरिएको उनले जानकारी दिए ।

मधुमेहका बिरामीहरुलाई मात्र लक्षित गरेको आयोजना गरिएको सो कार्यक्रममा चिकित्कसको सिफारिस अनुसार १० दिनसम्मका लागि पुग्ने औषधि पनि वितरण गरिएको उनले बताए ।

निःशुल्क स्वास्थ्य परीक्षणमा सहभागी भएकाहरुलाई २ हप्तासम्म फ्लो अप गर्दा कुनै पनि शुल्क नलाग्ने अस्पतालले जनाएको छ ।

त्यस्तै, अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरमा बिहान जनचेतनामुलक र्‍याली पनि निकालेको थियो ।

अस्पताल परिसरबाट सुरु भएको र्‍याली पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेलहुदैँ अस्पताल प्राङगणमा पुगेर टुंगिएको थियो ।

र्‍यालीमा अस्पतालका अध्यक्ष कुमार थापा, सञ्चालक रामेश्वर थापा, कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापालगायतकाको उपस्थिति रहेको थियो ।

prabhu mahalaxmi
kumari